शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 29, 2018 | 08:32:19 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा थप समस्या देखिएपछि ओलीलाई राति २:३० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।

ओलीलाई अझै १–२ दिन अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डाक्टर अरुण सायमीका अनुसार उनको छातीमा नै संक्रमण देखिएको छ । बिहान ९ बजे पछि प्रधानमन्त्री ओलीको फेरि स्वास्थ्य जाँच गरेर स्वास्थ्य अवस्थाबारे  प्रेस विज्ञप्ति मार्फत जानकारी गराउने अस्पतालले जनाएको छ ।

स्वास्थ्यकै कारण ओली नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत जान सकेका थिएनन् भने आइतबार मन्त्रिपरिषद्को बैठक पनि आफ्नै निवासमा डाकेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved