१२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 29, 2018 | 05:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपूरको जावलाखेलमा गोदावरी पुष्प मेला आयोजना हुने भएको छ । तिहार र छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले कार्तिक १५ देखि १८ गतेसम्म जावलाखेल खेल मैदानमा मेला आयोजना हुन लागेको हो । 

तीन नम्बर प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्न लागेको हो । यसवर्षको नारा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने रहेको छ ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने छन् । ३६ हजार बढिले अवलोकन गर्ने लक्ष्य लिईएको मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved