३ नम्बर प्रदेशका यी १० पर्यटकीय क्षेत्रमा हिल स्टेशन बन्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2018 | 04:44:37 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ को प्रदेश सरकारले १० पर्यटकीय स्थानमा हिल स्टेशन बनाउने भएको छ । सिन्धुपाल्चोक र दोलखाको सीमाना ३ हजार मिटर उचाइमा रहेको मुडेमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले हिल स्टेशन निर्माण हुने भएको छ । प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न १० स्टेशनमा यो वर्षदेखि हिल स्टेशन निर्माण गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने बताएको छ । 

प्रदेश सरकारले गौरवको योजनाको रुपमा पहाडी क्षेत्रका हिल स्टेशन निर्माण गर्न सुरु गरेको हो । प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले मुडे, जिरी, सोम्दाङग, रुबी भ्याली, चित्लाङग, कुलेखानी, शिवालय, सिन्धुलीगढी, चिम्टेश्वर र ककनीमा हिल स्टेशन बनाईने बताएका छन् । यसको लागी चालु आर्थिक वर्षमा मन्त्रालयबाट बजेट विनीयोजन समेत भईसकेको उनले जनाए । 

दोलखाको कालिञ्चोक, शैलुङ, दोलखा भिमेश्वर, जिरीको मुख्य प्रवेशद्धार मुडे बजार भएकाले मुडेमा नै हिल स्टेशन बनाउने कामको सुरुवात भएको मन्त्री नेपालले जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved