काममा केन्द्रित हुन मन्त्री र सचिवहरुलाई निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2018 | 07:02:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रीत हुन र जवाफदेही हुन निर्देशन दिएका छन। चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम एवम वजेटको कार्यन्वयन सम्बन्धि समिक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने ,काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउदा जनताले सेवाको अनुभूति नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिए। 

प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभइ कार्यन्वयनको अवस्थाको जानकारी लागि भएको बताए। “यो बैठक परिकल्पनाको समिक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यन्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो ”  प्रधानमन्त्री ओलीले भने “मन्त्रालयहरु केही न केही रचनात्मक हुन खोजेका छन, कार्यन्वयनको राम्रै सुरुवात भएको छ, तर यसलाई तिव्रता दिनु पर्दछ । ” 

“सफल हुनका लागि सबै अवयवहरुलाई चुस्त बनाउनु पर्दछ, हरेक कुराको परिणाम देखिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिबलाई निर्देशन दिए। सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन छ । 

बैठकमा गृह मन्त्रालयका सचिव प्रेम कुमार राई,परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गरे।  यसैगरी रक्षा सचिव बिष्णु प्रसाद लम्साल,संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलीया,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धि बहादुर खड्का,कानुन , न्याय तथा संसदीय मामिला सचिव राजीव गौतम र अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेश गरे।  बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डा.पुष्प कडेंलले पनि आफ्ना भनाइ राखे। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved