वाइडबडी प्रकरणः लेखा समिति भन्छ ‘९ अर्बको अनियमितता’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2018 | 06:02:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले ल्याएका दुईवटा वाइडबडी जहाज का विषयमा भएको भनिएको घोटालाबारे संसदले सरकारसँग जवाफ मागेको छ । संसदको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा जहाज खरिदमा मात्रै घोटाला नभइ किन्नले पाउनुपर्ने कमिशन पनि गायब भएको निस्कर्ष निकालेको छ ।
समितिका सभापति भरत साहले निगमका दुई वटा वाइडबडी ल्याउँदा भएको घोटलाबारे उठेका प्रश्नहरुको बैठकमा प्रस्तुत गर्दै क्रेताको कमिशन समेत गायव गरिएको बताए ।
‘जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत कमिशन क्रेतालाई दिने गर्छन् । तर २४ अर्बको खरिदमा निगमलाई आउनुपर्ने कमिशन २ अर्ब ४० करोड कता गयो ? कमिशन, अधिकतम उडान भार कटौती र मूल्यान्तर गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिन्छ । यसमा निगमको भनाइ के छ ?’, सभापति साहले सोधेका छन् । ६ अर्ब ५९ करोड घोटला र २ अर्ब ४० करोड गरी ८ अर्ब ९९ करोडको अनियमितता देखिएको समितिको ठहर छ ।
समितिले निगमलाई जहाज ल्याउने क्रममा सीधै एयरबससँग कुरा नगरी फर्जी कम्पनीमार्फत गरिएको सम्झौतामा प्रश्न उठाउँदै त्यहीँबाट घोटालाको सुरु भएको भन्दै यसको जबाफ निगम र सरकारसँग मागेको छ । समितिले निगम ३३ अर्ब भन्दा धेरै ऋणमा डुब्नुको कारण पनि सोधेको छ ।

समितिले प्रस्तुत गरेको विवरण :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved