काठमाडौँमा गोली चल्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 02:39:09 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको कालोपुलमा गोली चलेको छ । इटहरीस्थित आइएमईको शाखा लुटेर फरार भएका राजन लिम्बुलाई प्रहरीले गोली हानेर समातेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई कालोपुलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । प्रहरीले लिम्बुको घुँडामा गोली हानेको छ । प्रहरीले हानेको गोलीले उनको अर्को घुँणामा समेत छेडेको छ ।
डिएसपी रूगम कुँवरका अनुसार उनलाई नियन्त्रणमा लिन गोली प्रहार गरिएको हो । प्रहरी नियन्त्रणमा रहेका लिम्बुको साथबाट टाइप–५४ पेस्तोल र गोली बरामद गरिएको डिएसपी कुँवरले जानकारी दिए । लिम्बुले गत मंसिर १२ गते इटहरी बजारस्थित एक्टिभ मनी ट्रान्सफरमा हतियार देखाएर तीन लाखभन्दा बढी रकम लुटेका थिए ।
नियन्त्रणमा लिएपछि लिम्बुलाई प्रहरीले उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरेको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved