मेलम्ची ठेकेदार भाग्न खोजेपछि सरकार आक्रमक, नेपाली बैंकमा रहेको धरौटी जफत गरिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 03:33:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार सिएमसी भाग्न खोजेपछि सरकारले धरौटी जफत गर्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार संसदको अर्थ समितिको बैठकमा खानेपानीमन्त्री विना मगरले कम्पनीले नेपालको २ वटा बैंकमा राखेको पैसा रोक्का गरिसकिएको जानकारी दिएकी हुन् 

मन्त्री मगरका अनुसार सीएमसीकाे ‘पर्फमेन्स सेक्युरिटिज’ बापत नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल ३८ कराेड र धरौटी बापत २ अर्ब ५० करोड रुपैंया  रहेको छ । उनले आयोजनामा अझै  २ अर्ब ६० करोडको काम बाँकि रहेकोले यहि पैसा जफत गरेर काम पुरा गर्ने बताईन 

खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले  ठेकेदारको ३ अर्ब ५० करोड रकम सरकारको हातमा रहेकोले कम्पनीले छोडेर गए पनि सरकारलाई घाटा नलाग्ने बताए । ठेकेदार कम्पनीले काम नगरे पनि उसलाई तिर्न बाँकी रकम, धराैटी र फर्फमेन्स सेक्युरिटीज रकमले बाँकी काम निर्माण सम्पन्न गर्न सम्भव देखिएकाे उनले जानकारी दिए । 

समितिले लागत नबढ्ने गरी आयोजना समय मै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved