सहसचिवको सूचीको पहिलो नम्बरमा भ्रष्टाचार आरोपित शर्मा (सुचिसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 11:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको दुई सय २५ सह-सचिवको नाममा भ्रष्टाचारको आरोपमा मुछिएका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूणामणि शर्मा पहिलो नम्बरमा परेका छन्।   

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतका सचिव रामप्रसाद थपलिया दोस्रो नम्बरमा परेका छन। गृह मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव तेस्रो नम्बरमा छन्।  सूचीको चौथो नम्बरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरका सचिव दिपक सुवेदी छन्। 

मंगलबार सार्वजनिक गरिएको सुचिमा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारी ९ औं नम्बरमा परेका छन। त्यस्तै हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सहसचिब रहेकि चन्द्रकला पौडेल सूचिको ६२ औं नम्बरमा परेकी छिन। त्यस्तै अन्तिम नम्बरमा सामाजिक विकास मन्त्रालय धनगढीका सचिव गोगनबहादुर हमाल रहेका छन्। 

उक्त सूचीमा केही त्रुटी रहेको गुनासो समेत आएको छ। कतिपय कर्मचारीहरूको नियुक्ति मिति नमिलेको, फरक सेवाका कर्मचारीलाई एउटै सुचीमा राखिएको, राजीनामा दिई निजामती सेवाबाट अलग भैसकेका कर्मचारीको विवरण ज्येष्ठताको सूचीमा रहेको, कतिपयको छुटेको छ। सामान्यका प्रवक्ता अधिकारीले  उपसचिव, शाखा अधिकृत पनि क्रमशः सूची सार्वजनिक गरिने जानकारी दिए।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved