६७ लाखको चिनी भन्सारमै अलपत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2018 | 12:22:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट आयात गरिएको १ लाख ४४ हजार किलोग्राम चिनी नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनि आयात प्रतिबन्ध लगाएकाले ४ महिनादेखी चिनी भन्सारमै रोकिएको हो ।
गत भदौ ३१ ग्तेको मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी ६७ लाख २० हजार (भारु ४२ लाख) को चिनी ल्याइएको थियो ।
सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए ।
रोकिएको चिनीबारे माथिल्लो निकायबाट सोधपुछ गरे पनि कुनै निर्देशन नआएको उनको भनाई छ । उनले भने “भारतबाट ल्याएको चिनी पुनः फिर्ता लैजान मिल्दैन ।”
सरकारले आयात गर्न निश्चित कोटा निर्धारण गरेको छ । तर कति परिमाणमा चिनी नेपालगञ्ज भन्सारबाट आउन दिने भन्ने पत्र भन्सार कार्यालयमा पठाएको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved