विदेश जानेलाई प्रदेशबाटै श्रम स्वीकृति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 01:30:00 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृतिका लागी काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । सरकारले आजदेखी प्रदेशबाटै पुन श्रम स्वीकृति दिन थालेपछि काठमाडौंमै आउनु नपर्ने भएको हो ।

वैदेशिक रोजागारीमा जानेहरुलाई मध्य नजर गर्दै सहज सेवा प्रदान गर्न सरकारले प्रदेश स्तरीय कार्यालय सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा प्रदेश नं. २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं. ५ को बुटवलबाट श्रम स्वीकृति, पुन श्रम स्वीकृति लगाएत वैेदेशिक रोजगारसँग सम्बन्धि सेवा उपलब्ध गराईने मन्त्रालयले जनाएको छ ।

विराटनगर, धनगढी, र सुर्खेतबाट पनि सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । प्रदेश स्तरिय कार्यालयबाट प्रदान गरिने श्रम स्वीकृतिमा पनि काठमाडौँबाट जस्तै अनलाईन प्रणाली लागू हुनेछ । साथै प्रदेशबाट सुरु गरिएको कामलाई सहज बनाउन कम्प्युटर अपरेटर, अधिकृत, सुब्बा र कार्यालय सहयोगीको व्यवस्था पनि गरिएको छ ।

प्रारम्भिक चरणमा प्रदेशबाट सञ्चालन भएका कार्यालयले पुन श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धि इजाजत पाएका संस्था र अभिमुखिकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved