भारतमा पेट्रोलको मूल्य बर्ष कै न्यून बिन्दुमा, नेपालमा के होला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 07:26:14 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकि मुलुक भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतमा पेट्रोलमा प्रति लिटर २२ पैसा र डिजलमा प्रति लिटर २३ पैसा कटौती गरिएको हो ।  यस कटौतीसंगै भारतमा पेट्रोल सन् २०१८ कै न्यून मूल्यमा आएको छ भने पेट्रोल ९ यता कै कम मूल्यमा झरेको छ ।  

टाइम्स अफ इण्डियाका अनुसार मूल्य कटौतीपछि राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु ६९.०४  रुपियाँ कायम भएको छ भने डिजेल प्रति लिटर भारु ६३.०९ रुपियाँ कायम भएको छ ।  समाचारमा जनाईए अनुसार भारतमा अक्टोबर १८ यता पेट्रोलको मूल्य १३.७९ रुपियाँ घटिसकेको छ ।  त्यस्तै पछिल्लो साढे २ महिनाको अवधिमा डिजेलको मूल्य १२.०६ रुपियाँले घटेको छ । 

भारतमा मूल्य समायोजन भए पनि नेपालमा भने सोहि अनुसार समायोजन हुन सकेको छैन ।  नेपाल आयल मिगमले पछिल्लो पटक पुस १८ गते मूल्य समायोजन गरेको थियो । जस अनुसार हाल पेट्रोल प्रति लिटर १ सय १० र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतले पठाएको मूल्य सुची अनुसार नेपालमा मूल्य समायोजन हुदै आएको भएपनि भारतमा घटेको अनुपातमा नेपालमा मूल्य घट्न सकेको छैन   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved