‘तामाङ चलचित्र महोत्सव’ का लागी निशुल्क स्क्रिप्ट राईटिङ तालिम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 12:47:33 PM मा प्रकाशित

laxmi  sunrise bank

तामाङ आवाज नामक डिजिटल मिडियाले ‘स्वतन्त्र तामाङ चलचित्र महोत्सव २०७५’ आयोजना गर्ने भएको छ । महोत्सवमा सहभागी हुन ईच्छुकले स्क्रिप्ट राईटिङ तालिम लिनुपर्नेछ । यसको व्यवस्था तामाङ आवजले निशुल्क गरेको छ । 

स्क्रिप्ट राईटिङ तालिम भने एससिआरसि संस्थाको सहयोगमा सञ्चालन हुने जनाईएको छ । एससिआरसि आदिवासी जनजातिको सामाजिक अवस्था र संस्कृतिको बारेमा अध्ययन गर्ने संस्था हो ।

आवेदन मार्फत सहभागी भएकामध्ये २० जनालाई मात्र निशुल्क स्क्रिप्ट राईटिङ तालिममा सहभागी गराईने जनाईएको छ ।

पुष २८ र २९ गरी गते तालिम दिईने र उत्कृष्ट स्क्रिप्ट छनौट गरी निर्माण गरीएको चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिनेछ । आवेदकले पौष २६ गतेसम्ममा आबेदन दिईसक्नु पर्नेछ  ।

महोत्सवको मिति भने केही समयपछि सार्वजनिक गरिने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved