टुर गाईडको पारिश्रमीक २५ प्रतिशतले वृद्धि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 01:11:06 PM मा प्रकाशित

laxmi  sunrise bank

टुर गाईडको पारिश्रमीक २५ प्रतिशतले वृद्धि भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) र टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) बीच सहमति भएपछि टुर गाईडहरूले यसअघि पाउँदै आएको पारिश्रमीकमा २५ प्रतिशतले वृद्धि भएको हो ।  

नाट्टाका अध्यक्ष सिएन पाण्डे र टुर्गानका अध्यक्ष केदार तामाङले सम्झौता पत्रमा हस्तार गरे । वृद्धि भएको पारिश्रमीक १ जनवरी २०१९ अर्थात् आजैबाट लागू भएको छ । ६ वर्षदेखी गाइडको पारिश्रमीक वृद्धि भएको थिएन ।

पारिश्रमीक वृद्धिको विषयमा नाट्टाका अध्यक्ष सिएन पाण्डेका अनुसार पहिला दैनिक (४ घण्टा) को ९४० रुपैयाँ पाउँदै आएका गाइडले अब १ हजार १७५ रुपैयाँ प्राप्त गर्नेछन् ।

पाण्डेका अनुसार नाट्टा र टुर्गानबीचको सम्झौता अरु संघसंस्थाका लागी बाध्यकारी भने हुनेछैन । तर सरकार र व्यवसायीले पहिला नै पारिश्रमीक बढाउने भनेकाले दुई संस्थाबीच समझदारी मात्रै भएको हो । 

नाट्टा र टुर्गानबीच भएको सम्झौता:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved