सबैभन्दा ठुलो टोपी प्रदर्शन गरेर मनाईयो टोपी दिवस (फोटोफिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 03:56:06 PM मा प्रकाशित

laxmi  sunrise bank

जागरुक युवा अभियान नेपालले अहिलेसम्म कै ठुलो नेपाली टोपी प्रदर्शन गरेको छ । छैठौं टोपी दिवसको अवसर पारेर अभियानले माइतीघर मण्डलामा ठुलो टोपी सार्बजनिक गरेको हो ।  बिगत भन्दा यस बर्ष केहि फरक गर्ने र कार्यक्रमलाई मौलिकता प्रदान गर्न ठुलो टोपी प्रदर्शन गरिएको अभियानका अभियन्तारुले बताएका छन् । 

टोपी दिवसको अवसरमा माइतीघरदेखि बानेश्वरसम्म र्यालीको समेत आयोजना गरिएको थियो  ।  जागरुक युवा अभियानले प्रत्येक बर्ष अंग्रेजी नयाँ बर्षको दिनलाई टोपि दिवसको रुपमा मनाउँदै आईरहेको छ । जागरुक युवाले यस बर्ष ‘नेपाली टोपी हाम्रो गौरव,हाम्रो पहिचान’ भन्ने नाराका साथ यस बर्षको टोपी दिवस मनाएको हो ।  

 गणतन्त्रको आगमनसँगै दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियन्ताहरुले यसलाई पुनर्स्थापित गर्न कार्यक्रम मार्फत सरकारलाई दबाब दिएका हुन्  । 














Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved