शपथपछि 'माननीय' बनेर पुन: जेल फर्किए चौधरी, लोगोको प्रतिष्ठाबारे उठाए प्रश्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 03:59:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेपालका नेता रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्ने भएका छन् ।चौधरीले बिहीवार दिउँसो ३ बजे संसद सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

चौधारीलाई सभामुख कृष्ण बहादुर महराले फुलमाला लगाईदिएका थिए ।  राजपा नेपालका अन्य नेताहरुले पनि चौधरी फुलमाला खादा लगाईदिएका थिए । उनले आफ्नै मातृभाषा (थारु) मा सपथ लिएका हुन् । कृषि समितिको हलमा भएको सपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित थिए ।

सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित हुने छैनन्। अब उनी निलम्बित सांसदको रुपमा जेल मै फर्किएका छन्  । चौधरीलाई सपथ कै लागि डिल्लीबजार स्थिति कारागारबाट सिंहदरबारमा ल्याईएकोमा उनलाई शपथ पछि त्यहि फिर्ता लागिएको छ  । 

शपथ लिएपछि बोल्दै चौधरीले 'शपथ लिएर पनि जेल जाँदा मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ कि रहदैन' भनी प्रश्न गरेका थिए  ।  चौधरीले यो मुद्दा छिटो भन्दा छिटो टुंग्याउन आग्रह गरे । 

के हो उनि बिरुद्दको मुद्दा ?

 संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा परी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो। सोही घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध उजुरी परेको थियो। उनी फरार अवस्थामै चुनाव लडेका थिए। चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए। उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन्। चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो।

निर्वाचित भए पनि उनको सपथ भएको थिएन। पछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए। न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए। 

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved