संसदमा ओलीलाई प्रश्न सोध्न नपाउदा कांग्रेसको हंगामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 03:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका बिपक्षीले नाराबाजी गरेका छन् । कांग्रेसको नाराबाजी र रोस्ट्रम घेराउका बीच अर्थ समितिका सभापति कृष्ण दाहालले निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गरेका छन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले १ घण्टा सम्बोधन गरेका थिए  । सम्बोधनपछि कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्नोत्तर गर्न पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका हुन्  । सुरुमा प्रश्नोत्तरको लागि पछि समय मिलाउने भन्दै सभामुखले समय दिएका थिएनन्  । तर केहीबेर पछि उनले  सिमित सदस्यलाई १ मिनेट भित्र प्रश्न राख्नको लागि अनुमति दिएका थिए  । उनले सुरुमा मिनेन्द्र रिजालको नाम लिए पनि त्यो प्रस्तावलाई कांग्रेसले अस्विकार गर्यो ।

बिपक्षीले उभिएर बिरोधलाई जारि राखेपछि प्रश्नोत्तर कार्यक्रम हटाईएको भन्दै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिएका थिए । अहिले बैठक १५ मिनेटको लागि स्थगित भएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved