टुटल र पठाओलाई पहिले झैँ चल्न दिन प्रधानमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 08:33:50 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई पहिले झैँ चल्न दिन  निर्देशन दिएका छन् । बुधबार राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभागीय मन्त्री  महासेठलाई यस्तो निर्देशन दिएका हुन्। 

 ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताले टुटल र पठाओ जस्ता प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएकोबारे चासो राख्दै मन्त्री महासेठलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उनले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गर्नु गलत भएको भन्दै तुरुन्त पहिले झैँ चल्न दिनु पर्ने बताएका हुन्।   प्रधानमन्त्री ओलीले अहिले यसलाई चलन दिन र यसबारे कानुनी ब्यबस्था गर्न निर्देशन दिएका छन्। 

उनले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गलत भएको बतएका थिए। ट्राफिक प्रहरी महाशाखाले तुटल र पठाओलाई चलन रोक लगाएपछि सर्वत्र आलोचना भएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved