५ प्रकारका भारतीय नोट नेपालमा प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 05:46:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले १०० भन्दा बढी दरका सम्पूर्ण भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बकले एक निर्देशन जारी गर्दै भारतले नोभेम्बर २०१६ मा प्रतिबन्ध लगाएका ५०० र हजारका नोट तथा हाल भारतमा चलनचल्तीमा रहेका २००, ५०० र २ हजारका नोटमा प्रतिबन्ध लगाएको हो । 

यी नोटहरु साथमा राख्न , ओसार पसार गर्न र कारोबार गर्न नपाइने ब्यबस्था राष्ट्र बैंकले गरेको हो । यस संगै भारु १०० वा सो भन्दा कम दरका नोट मात्र प्रयोगमा ल्याउन पाइने छ । साथै भारतीय नोटहरु भारत बाहेक अन्य देशमा लिएर जान वा भारत बाहेकका अन्य देशबाट लिएर आउँन समेत प्रतिबन्ध लगाईएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल सरकारले महिना दिनअघि नै भारतीय ठूला नोट नचलाउने निर्णय गरेको थियो । भारतले यस अघि प्रबन्धित नोट हरु नसाटेपछि नेपालले भारतीय रुपैयाँमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved