संसदको दोस्रो बैठकमा पनि कांग्रेसको अवरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 02:54:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सोमबार दोस्रो पटक बसेको बैठक पनि स्थगित गरेको छ  । पहिलो बैठक अबरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए  । तर त्यसको २ घण्टापछि बसेको बैठकमा कांग्रेसले पुन: अवरोध गरेको हो  । 

दोस्रो बैठकको लागि सभामुख महराले चिकित्सा शिक्षा विधयेक बाहेकका सबै कार्यसूची हटाईएको घोषणा गरेका थिए । तर अवरोध जारि रहेपछि बैठक मंगलबार ३ बजेसम्मको लागि स्थगित गरिएको छ ।  यस संगै आज चिकित्सा शिक्षा विधयेक पारित हुने सम्भावना बढेको छ । बहुमतको आधारमा विधयेक पारित गर्ने सत्तापक्षको तयरी थियो । उता डा गोबिन्द केसी आफुसंग भएको सम्झौता बिपरितको विधयेक पास हुन् लागेको भन्दै १६ औ अनसनमा छन् । 

पहिलो बैठकमा कांग्रेसले अस्पतालको बिषय समाधान नभएसम्म बैठक चलन नदिने बताएको थियो । 

यो पनि : 

अस्पतालको बिषयमा कुरा नमिल्दा कांग्रेसद्वारा संसद बैठक अवरोध (भिडियोसहित)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved