गाडी किन्न ऋण दिने कम्पनीहरुको चुक्तापुंजी तोकियो, ब्याजदर तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2019 | 07:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट बैंकले हायर पर्चेजमा ऋण दिने कम्पनीहरुले कायम गर्नु पर्ने न्यूनतम चुक्ता पुँजी तोकेको छ । राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई स्विकृत दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था(दोस्रो संसोधन) जारी गर्दै पुंजी तोकेको हो । जस अनुसार न्यूनतम चुक्ता पुँजी ३० करोड तोकिएको छ । हाल सञ्चालनमा रहेका हायर पर्चेज कर्जा दिने कम्पनीहरुले २०७७ असार मसान्तसम्ममा २० करोड र २०७८ असार मसान्तभित्रमा ३० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको हो । 

त्यस्तै साउन मसान्तभित्र कम्पनीको नवीकरण गर्नु पर्ने उल्लेख छ। त्यसका लागि दुई लाख रुपैयाँ बैंकमा जम्मा गरेको सक्कल भौचरसहित पेस गर्नुपर्नेछ। तोकेको समयमा नवीकरण हुन नसकेमा भदौ मसान्तसम्म १० प्रतिशत रकम थप र असोज मसान्तसम्म २० प्रतिशत रकम थप गरी कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेको छ। तोकेको समयमा पनि नवीकरण नगरे कम्पनीको कारोबार नै रद्द हुनेछ। 

साथै संसोधन मार्फत राष्ट्र बैंकले हायर पर्चेज कर्जामा लिने ब्याजदर घटाएको छ ।  कम्पनीले लिएको ऋण तथा सापटीमा दिनुपर्ने ब्याजदरमा ३% भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा ब्याजदर मार्जिन राख्न पाउनेछन् । यसअघि ऋणमा दिनुपर्ने ब्याजदरमा ३.५% सम्म ब्याजदर मार्जिन राख्न पाउने व्यवस्था रहेको थियो ।

साथै कम्पनीले १० लाख रुपैयाँभन्दा बढीको हायर पर्चेज कर्जा प्रवाह गर्नुपरेमा अनिवार्य रुपमा कर्जा सूचना लिनुपर्ने निर्देशनमा उल्लेख छ। कम्पनीको चुक्ता पुँजी दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तीमा २० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गर्नु पर्ने छ। चुक्ता पुँजी दोब्बर भएपछि भने १० प्रतिशत रकम थप गरे हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हायर पर्चेज ऋण दिने कम्पनीहरुलाई स्थान विशेष छानेर मात्र स्वीकृति दिने छ। अब कम्पनीको उपस्थित बढी भएको क्षेत्रमा स्थापना हुन चाहेमा स्वीकार नगर्ने जनाएको छ। 

हेर्नुस निर्देशनको पूर्ण पाठ : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved