उद्यमशीलता सम्मेलन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2019 | 03:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ हुने भएको छ  । सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उदेश्यले उक्त  सम्मेलनको  आयोजना गर्न लागिएको हो  । 

अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।आगामी  फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलन मार्फत  जानकारी दिइएको छ । सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४०० बढी प्रतिनिधिको सहभागिता रहने परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए  । सम्मेलनपछि सातै प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गर्ने योजना रहेको जानकारी दिँदै उनले  त्यसका लागि प्रदेशमा के के सम्भावना छ भनेर सबै उद्योगमन्त्रीलको भेला गर्न लागिएको जानकारी दिए । 

युवा उद्यमी विशाल गैरेले सम्मेलन सकिएपछि सन् २०१९ भित्रै सात प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गरेर लगानीको वातावरण सिर्जना गर्न पहल गरिने बताए । पछिल्लो समयमा घर, जग्गा तथा सटरमा लगानी बढ्दो रहेको भन्दै यसलाई विस्थापित गरेर उद्योग व्यवसायमा लगानी गर्न प्रेरणा जगाउनुपर्नेमा व्यवसायीको जोड थियो । 

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित, प्रदेश उद्योगमन्त्री, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved