सरकारले विश्व बैंकको शेयर खरिद गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 04:31:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विश्व बैंकको थप शेयर खरिद गर्ने भएको छ । माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंक र यस सम्बंद्द संस्थाका थप शेयर खरिद गर्ने निर्णय गरेको हो ।  

सूचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले विश्व बैंकको थप ३ सय ९ कित्ता शेयर खरिद गर्न लागिएको जानकारी दिए । हाल नेपालसंग विश्व बैंकको १४ सय ५ कित्ता शेयर छ ।  थप ३ सय ९ कित्ता शेयर खरिद गरेपछि कुल शेयर संख्या १७ सय १४ कित्ता पुग्ने छ ।  

नेपालले मतदान गर्ने अधिकार कायम राख्न थप शेयर गर्न लगिएको मन्त्री बास्कोटाले जानकारी दिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved