मोरङ तनावग्रस्त, कर्फ्यु आदेश जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 01:31:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मोरङमा टिपरको ठक्करबाट ११ बर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीय बासीले छ वटा टिपर जलाएका छन । जिल्लाको सुन्दर हरैंचा नगरपालिका ११ सिसौघारीमा सोमबार बिहान ना ३३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिएर बालिकाको मृत्यु भएपछि स्थानीय बासी आक्रोशित बनेका हुन् ।

घटनालाई ध्यान दिँदै स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्म साढे तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको हो । घटनाले उग्र रुप लिएपछि निषेधाज्ञा जारी गर्नु परेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

आक्रोशित स्थानीयले ठक्कर दिने टिपरसहित ७ वटा सवारी साधन जलाएका छन् । जलिरहेका ६ वटा टिपर र एउटा ट्रकको आगो निभाउन आएका बारुणयन्त्रलाई समेत स्थानीयले अवरोध गरेपछि स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved