धुर्मुसलाई मदनकृष्णको सलुट, सरकारमाथि कडा प्रहार (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 10:56:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले देशलाई आफ्नो सम्झेर काम गरे परिवर्तन सम्भव रहेको बताएका छन् । भरतपुर महानगरपालिकामा धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको क्रिकेट रंगशालाको घोषणा कार्यक्रममा श्रेष्ठले हरेकले देशलाई आफ्नो सम्झेर अगाडी बढे देश बन्ने बताएका हुन् । उनले इमान्दारीताका साथ काम गरे इमान्दारिताकै जित हुने प्रष्ट पारे । 

इमादरिता नभएको , देश प्रतिको माया नभएको , बेईमानीका कारण, पैसा र सत्ताको पछाडी लागेको  कारण देश पछाडी परेको उनले बताए । यस्तो अवस्थामा उदाहरणीय काम गरेका धुर्मुस सुन्तलीलाई उनले सलाम ठोक्दै स्याबासी दिए ।  

उनले सबैभन्दा धेरै भ्रष्ट्राचार राजनीति र ब्युरोक्रेसीमा हुने गरेको र अहिले जताततै भ्रष्ट्राचार फैलिएको बताए ।  कला क्षेत्रमा पनि भ्रष्ट्राचार हुने गरेको तर धुर्मुस सुन्तलीले यस क्षेत्रको नाक राखेको उनले बताए ।  श्रेष्ठले सम्बोधन गर्दा गर्दै प्रधानमन्त्री कार्यक्रम स्थल प्रवेश गरेपछि उनले रोस्टम बाटै प्रधानमन्त्रीलाई नमस्कार गर्दा हल भरी हाँसो छाएको थियो । 

हेर्नुस भिडियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved