हजयात्री दोब्बर गर्न साउदी सरकारलाई नेपालको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 09:41:09 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले बर्षेनी एक हजार २०० हजयात्री नेपालबाट मक्का जाने गरेको स्मरण गर्दै त्यसलाई दोब्बर बनाउन साउदी अरेबियासँग आग्रह गरेका छन् । 

नेपालका लागि साउदी अरेबियाका राजदूत राजदूत मुसैद एस अल मारवानीले आज आफूसँग गरेको शिष्टाचार भेटमा गृहमन्त्री थापाले साउदी अरब सरकारले नेपालको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै छिट्टै साउदी अरब र नेपालबीच श्रम सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताए । 

सो अवसरमा राजदूत मारवानीले नेपाली कामदार मिहिनेती र इमान्दार रहेको भन्दै साउदीको विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्न चाहेको उल्लेख गर्दै नेपालको पर्यटन वर्ष सफल पार्न सक्दो सहयोग रहने बताएको गृहमन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved