सस्तोमा ३ हजार बोतल ब्राण्डेड रक्सी बेच्दै सरकार, २४ हजारमै आईफोन सिक्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 02:46:53 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिभिन्न समयमा जफत गरिएका समान हरु लिलाम गर्न भएको छ । विदेशबाट घर फर्कँदा नेपालीले नियम बिपरित ल्याएको मदीरा लगायतका सामग्री जफत गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लिलामीमा राखेको हो।

 भन्सारले मदीरा, आइफोन, यार्सागुम्बा, ट्रेकिङ जुत्ता, मोटर ट्रान्सफरमर, कुर्तासुरुवाल, ड्रोन क्यामेरा, लिथिनियम ब्याट्री, स्मार्ट वाच, कार्बनको मोबाइल, मार्लबोरो चुरोट लगायतका समान लिलामीमा राखेको हो।

लिलामीमा सबै भन्दा धेरै मदिरा राखिएको छ । मदिरालाई ७ वटा लटमा भिभाजन गरिएको छ । सबैको फरक फरक दर कायम गरिएको छ ।   नेपाली बजारमा चलेको मूल्य भन्दा सस्तोमा मूल्य तोकिएको छ । जसले बढी मूल्य तिर्ने कबोल गर्छ उसले मदिरामा दाबी गर्न पाउने छ।

२६ थान आईफोन ६ र आईफोन सिक्स प्लस पनि लिलाममा राखिएको छ । यी सबैको कुल मूल्य ६ लाख २४ हजार तोकिएको छ । यस हिसाबमा एउटा आईफोनको औसत मूल्य केवल २४ हजार रहेको छ । यो नेपाली बजार मूल्य भन्दा धेरै सस्तो हो । 

यी समान खरिद गर्न चाहनेले फागुन १६ गते दिउँसो २ बजेदेखि ५ः३० बजेसम्म बोलकबोल गर्न सक्ने छन  । ईच्छुकले किन्न चाहेमा कबोल गरेको रकमको १० प्रतिशत धरौटी तत्काल राख्नु पर्नेछ । धरौटी राखेको ७ दिनसम्मपनि सामान लिन नआएमा जफत हुने भन्सारले जनाएको छ ।

हेर्नुस के के छन् लिलाममा ? मूल्य कति ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved