'बिज्ञ अर्थमन्त्री हुँदा पनि किन ब्याजदरको समस्या ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 07:49:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थसचिव युवराज भुषालले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन भएकोले सरकारले सोहीअनुसारको संरचनात्मक वातावरण बनाउनुपर्नेमा जोड दिएका । सथौ सरकारलाई साना तिना कुरामा नअल्झिन पनि उनले सुझाव दिएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले वर्तमान अर्थमन्त्री आँफै विज्ञ र लामो समय यो क्षेत्रमा काम गरेर खारिएर आएको व्यक्ति भएकोले अहिले देखिएको बैंकहरुको व्याजदरको समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिए । उनले भने,‘अर्थमन्त्री आँफैमा विज्ञ हुनुहुन्छ, अब उहाँभन्दा जान्ने अरु को होला र ? बैंकहरुको व्याजदरको समस्या सुन्दा कर्णप्रिय लागेको छैन् ।’ राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण पनि कमजोर बनेकाले समस्या भएको उनको तर्क छ । ‘नियमन फितलो भयो की भन्ने मेरो बुझाई हो ।’

नेपालमा नीति निर्देशिका स्पष्ट नभएको सुनाउँदै भुषालले यसतर्फपनि सरकारले सोच्नुपर्ने धारणा राखे । उनले भने,‘अहिले देखिएको बैंकहरुको व्याजदरको समस्याको समाधान गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ र बैंकर्स एशोसिएशन चार वटै पक्ष एक ठाउँमा बसेर टेबलु टक गर्नुपर्छ ।’

नेपालको निर्यातको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पनि उनले सुनाए । उनले भने,‘हाम्रो टोटल एक्सपोर्टले त हामीलाई फ्युल ल्याउनपनि पुग्दैन् ।’ उनले सरकारले भ्यु–टावर नबनाएको भए हुन्थ्यो भन्ने धारणा पनि राखे । फागुण १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागु हुन लागेको सुनाउँदै तामझाम नगर्न पनि भुषालले सुझाए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved