राजधानीका विभिन्न स्थानबाट चोरी भएका बाइक फेला, तपाइको पनि पर्यो कि ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 08:43:13 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नंको पल्सर, गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नंको २०० सिसीको मोटरसाइकल हराएको थियो । 

त्यस्तै सोही मितिमा गोकर्णेश्वर नगरपालिका माकलबारीबाट बा७०प ७२५४ नंको एनएसपल्सर र बा२९प ५१२१ नंको मोटरसाइकल चोरी भएको थियो । प्रहरीले गोप्य सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–९ भगवतीचोक नजिक रहेको छोरोल्पा गलैँचा कारखानाको परिसरभित्र लुकाएर राखेको उक्त चारैवटा मोटरसाइकलसहित तीनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

चोरीमा संलग्न सर्लाही हरिवन नगरपालिका–१ घर भई जोरपाटी अत्तरखेल बस्ने २८ वर्षीय भोजबहादुर योञ्जन, सोही ठेगाना भएका १८ वर्षीय रामबहादुर योञ्जन र हरिवन नगरपालिका–६ स्थायी घर भई काठमाडौँ बस्ने मदन लामालाई प्रहरीले पक्राउ गरी आइतबार चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ । 

त्यस्तै माघ १३ गते गोकर्णेश्वर नगरपालिका–६ बेँसीगाउँबाट हराएको बा५३प ४०७४ नंको पल्सर मोटरसाइकलसहित चुच्चेपाटीबाट प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । मोटरसाइकल चोरी गरेर फरार रहेका दोलखा घर भई गोकर्णेश्वर–८ बस्ने १९ वर्षीय निमासाङ्गे शेर्पा र ललितपुर महाँकाल गाउँपालिका घर भई गोकर्णेश्वर बस्ने १६ वर्षीय सुजन तामाङविरुद्ध मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए। 
पार्किङ गरिराखेको मोटरसाइकल चोरी गरेको भन्दै रामेश्वर महतो, मिङ्मार शेर्पालगायत अन्य सवारीधनीले निज अभियुक्तविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved