विकासका पूर्वाधार पुर्याएर डोल्पालाई सुगम बनाइनेछ: प्रम ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2019 | 11:13:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन। डोल्पो समाजले आज आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन। 

प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छु देखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए। “डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ ” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एककिृत बस्तीको रुपमा विकास गरिने बताएका छन। “पातला बस्तीमा भौतिक सुविधा पु¥याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ” प्रधानमन्त्री ओलीले भने, “त्यसपछि कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।”



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved