संसदमा नेकपा सांसदले नै पशुपति शर्माको 'लुट्न सके लुट' गित गाउँन भनेपछि......

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 04:36:07 PM मा प्रकाशित

laxmi  sunrise bank

लोकदोहोरी गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को विषयलाई लिएर संसदमा घोचपेच चलेको छ । आजको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष सांसदहरूबीच गीतको विषयलाई लिएर दाहोरी नै चलेको हो ।

सरकारले गीतमा प्रतिबन्ध लगाउन खोजेको भन्दै कांग्रेस सांसद अमरेश कुमार सिंहले फागुन महिनाको तलवबाट २५ हजार रुपैयाँ दिने घोषणा गरेलगत्तै नेकपाका सांसद झपड रावलले गीत गाएर देखाउन प्रतिपक्षी सांसदलाई चुनौती दिए । गीत गाएर देखाए एक महिनाको परिश्रमीक दिने उनले बताए ।

‘सुशील कोइरालाकाको पालामा ‘मलाई अमेरिका यही’ भनेर गीत गाउने गायकले अहिले सरकारलाई यमराज राक्षससँग तुलना गरेको गीतलाई प्रतिपक्षका सांसदले पुरस्कार दिने भनेपछि रहस्य बुझियो,’ सांसद रावलले भने, ‘भगवान् पशुपति नाथले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपति शर्माले जोगाउन ।’

सांसद रावलले सोहि गीत संसदमा गाएमा सांसद सिंहलाई एक महिनाको पारिश्रमिक दिने भन्दै व्यङ्ग्य गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved