समाज कल्याण परिषद्का पाँच पदाधिकारी बर्खास्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 03:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

समाज कल्याण परिषदका पाँच पदाधिकारी बर्खास्तिमा परेका छन् । सरकारले आर्थिक अनियमितता गर्ने पाँच पदाधिकारीलाई बर्खास्त गरेको हो ।
सरकारले परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय सुनाउदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आर्थिक अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम कारवाही गर्न अख्तियारलाई पत्र पठाइएको जानकारी दिए ।

समाजकल्याण परिषदमा व्यापक अनियमितता भएको आरोप छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले गत १८ साउनमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय गरेको थियो । विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित छानबिन आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved