भरतमोहन अधिकारीको पनि राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 01:13:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका अन्त्यष्टि हुने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीको राजकीय सम्मानक अन्त्यष्टि गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ  ।

शनिबार राति निधन भएका अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेकपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ  ।

नेकपाले नेता अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको झण्डा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।यसैगरी आगामी २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत नेकपाले गरेको छ  । 

बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीको पनि राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved