२० मिनेटसम्म आकाश मै अड्किए प्रधानमन्त्री ओली, छानविन समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 03:37:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान २० मिनेट होल्ड भएको बिषय छानविन गर्न समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली यति एयरको विमानमा चढेका थिए । उक्त विमानले ल्याण्ड गर्ने अनुमति नपाउंदा आकाशमा ३ चक्कर लगाएको थियो । सरकारले विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै उक्त विमान किन होल्ड गरियो भन्ने बारे छानविन गर्ने छ । भीभीआईपी उडानलाई एयर ट्राफिक कन्ट्रोलरले उच्च प्राथमिकता दिने प्रचलन छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved