वाताबरण महाअभियान कार्यक्रमः सरकारी कर्मचारीले दुई वटा विरुवा रोप्नैपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 04:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्वच्छ वातावरण महाअभियान कार्यक्रम घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण बिभाग मार्फत सरकारले बजेटको ब्यबस्था गर्दै बातावरणिय स्वच्छताका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उदेश्यले कार्यक्रम घोषणा गरेको हो ।

 अभियान अन्तर्गत सरसफाइ तथा फोहोर ब्यबस्थापन, प्रदुषण नियन्त्रण, हरियाली प्रवद्र्धन र सचेतना अभिबृदि लगायतका कार्यक्रम रहेका छन । नेपाल भरीका शहरी क्षेत्रमा रहेको सडक र नदी किनारहरुमा बृक्षारोपण योग्य क्षेत्रको तथ्यांक तयार पार्ने र रोपन योग्य प्रजातिको बिरुवाको तथ्यान्क सन्कलन गर्ने कामलाइ पहिलो प्राथमिकतामा राखिएको छ । यसरी तथ्यांक तयार पारेर बुझाउन वन तथा भु–संरक्षण  बिभाग तथा सातै वटा प्रदेशको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयलाई २०७५ चैत्र मसान्तको समय दिईएको छ । 

२०७६ बैशाख १५ भित्र उक्त बिभागले नै रोपन योग्य क्षेत्र को तथ्यान्क पनि पेश गर्नु पर्नेछ । आगामी वर्ष सरकारी कर्मचारीले एक व्यक्ति २ विरुवा रोप्नु पर्ने निर्णय गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved