नेकपा स्याङ्जाको अध्यक्षमा सूर्य प्रसाद गैरे चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 01:29:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ । नेकपाले साेमबार काठमाडाैंस्थित सभागृहमा कार्यक्रम आयाेजना गरी सबै जिल्लाका अध्यक्ष र सचिवकाे नाम सार्वजनिक गरेकाे हाे ।

जिल्ला नेतृत्व चयन गर्ने क्रममा नेकपाले स्याङ्जामा सूर्य प्रसाद गैरेलाई अध्यक्ष चयन गरेकाे छ। पूर्व एमाले र माओवादी केन्द्रबीच भएकाे भागबण्डामा पूर्व माओवादी केन्द्रका तर्फबाट गैरे अध्यक्ष भएका हुन् । पार्टीले जिल्लाकाे संयोजक वा अध्यक्षले नै नेतृत्व गर्ने गरी भएकाे सहमतिअनुसार एकता पश्चात उनी अध्यक्ष भएका हुन्।

गल्याङ नगरपालिका, ९ का गैरे १५ वर्षको उमेरमा माओवादी शसस्त्र द्वन्द्वमा होमिएका थिए । उनी १२ वर्षकाे उमेरमै अनेरास्ववियु (क्रान्तिकारी) सदस्य बनेका थिए । गैरे गत निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ को (ख)बाट कांग्रेस उम्मेदवार भगवत प्रकाश मल्लसँग पराजित भएका थिए ।    त्यस्तै, जिल्ला सचिवमा पूर्व एमालेका अध्यक्ष मिन बहादुर गुरुङ चयन भएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved