नेपाल कोरिया मैत्री अस्पतालमा थिमी नगर प्रमुखको मनपरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 01:11:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कोरिया मैत्री अस्पताल नियमविपरीत नगरपालिकाको नाममा दर्ता भएको भेटिएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले अस्पताल व्यवस्थापनको जिम्मेवारी लिएपछि मेयर मदन सुन्दर श्रेष्ठले आफ्नै नातेदार ज्ञानकृष्ण श्रेष्ठलाई अस्पतालको निर्देशक बनाएर अस्पतालको नाम नै परिवर्तन गरिदिएका छन् । 

कोरियाको सहयोगमा गुणस्तरीय सेवा दिने भनेर स्थापना भएको एउटै अस्पतालको नाम दुईवटा भेटिएको छ । उक्त अस्पताल स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागमा कोरिया नेपाल मैत्री अस्पतालको नाममा दर्ता भएको थियो । सोही अस्पताल बोर्डमा भने नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको नाममा दर्ता छ । 

मेयर श्रेष्ठले आफ्नै जेठीसासू सिता श्रेष्ठलाई लेखा अधिकृतको रुपमा भर्ना गरेका छन् । उनले मासिक ३६ हजार तलब र ४ हजार भत्ता सहित मासिक ४० हजार पैसा पाउँदै आएकी छिन् । लेखा सम्बन्धी कुनै ज्ञान नै नभएको व्यक्तिलाई लेखा अधिकृतमा भर्ना गराएको अस्पतालका कर्मचारीको भनाई छ । 

मेयर श्रेष्ठको आदेशमा नगरपालिकाको बैठकबाट पारित नै नगरी ९० जना नयाँ कर्मचारी भर्ना गराएका छन् । ६५ प्रतिशत आफ्ना कार्यकर्ता र आफन्तहरु भर्ना गराएका मेयरले बाकी ३५ प्रतिशत भने काँग्रेसका नेता र अन्य जनप्रतिनिधीका आफन्त भर्ना गराएको स्रोतले जानकारी दियो । 

औषधिमा कालोबजारीः 

हाल अस्पतालको नाममा सञ्चालित फार्मेसिले विना टेण्डर ५० वटा औषधि कम्पनीसँग सम्झौता गरेको छ । यसरी सम्झौता भएका ५० कम्पनिमध्ये कमिसन धेरै दिने कम्पनिबाट औषधि ल्याईदै आईएको छ । टेण्डर आव्हान गरेर मात्रै औषधि खरिद गर्नु पर्ने प्राबधान छ । 

औषधिमा ५० लाख लगानी गर्दा १ करोड ५० लाख फाईदा हुने एक औपचारिक कार्यक्रममा मेयर स्वयमले बोलेका थिए । सस्तोमा गुणस्तरहिन औषधि खरिद गर्ने र फार्मेसीले त्यही औषधि अस्पतालाई मंहगोमा बिक्री गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved