नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 02:22:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भाइरस भेटिएको छ । कुखुरामा लाग्ने बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनमार्फत काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन । त्यसपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्‍यालको नमूना पठाइएको थियो । वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको थियो। मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो ।

हालसम्म विश्वभर ८६० जनामा एच फाइट एन वान भाइरसको संक्रमण भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved