महिना दिनमै ब्रुमरको खर्च ४ लाख, सडक अझै धुलाम्य

दिलिप खड्का

दिलिप खड्का

May 07, 2019 | 11:27:05 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले सडकको धुलो सफा गर्न ल्याएका ब्रुमर (यान्त्रीक कुचो) विग्रिएका छन् । 

सडक बढार्न ल्याईएका ब्रुमर विग्रेपछि महानगरले मर्मतमा मात्रै ३५ सय युरो खर्चेको छ । करिब २ महिना अगाडी ल्याएका ब्रुमर बिग्रेर मर्मत गर्दा हालसम्म नेपाली रुपैयाँ ४ लाख ३३ हजार ९० रुपैयाँ सकिएको छ । तर सडकको धुलो भने जत्तिको त्यत्ति छ । 

महानगरले ब्रुमर चलाउन योग्य सडक नभएका कारण चाँडै विग्रने गरेको प्रतिक्रिया दिएको छ । सडकका कारण प्रत्येक एक÷एक महिनामा ब्रुमरको कुचो फेर्नुपर्ने महानगरले जनाएको छ । बीच भागको एउटा कुचो फेर्दा ३३० युरो र दायाँ बायाँ फेर्दा दुई सय युरो लाग्छ ।  महानगरसँग भएका ५ वटै ब्रुमर २ महिनापनि नपुग्दै विग्रेर पाटपुर्जा फेरिसकेको छ । 

ब्रुमरले १ घण्टामा साढे ८ लिटर इन्धन खपत गर्छ । दैनिक ८ घण्टा सञ्चालन हुने ब्रुमरले प्रत्येक रात ८ देखि १० टन धुलो सफा गर्ने दाबी गरिएको थियो । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले राजधानीका सबै सडक ब्यवस्थित भएपछि मात्रै ब्रुमर ल्याउने भनिएपनि त्यो काम कुरेर बस्दा ढिलो हुने भएकाले चाँडै ल्याईएको हो । अहिले सञ्चालनमा रहेक ५ वटा ब्रुमरका लागि २५ जना कर्मचारी खटाईएको छ । महानगरले थप ४ वटा ब्रुमर ल्याउने तयारी पनि अगि बढाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved