बैदेशिक लगानी आकर्षित गर्न एकल बिन्दु सेवा सुरु, १४ निकायका काम एकै ठाउँबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 12:03:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक लगानीलाई आकर्षित गर्न सरकारले एकल सेवा बिन्दु केन्द्र संचालनमा ल्याएको छ । केन्द्रको बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले शुभारम्भ गरेका हुन् । 

केन्द्रमा उद्योग दर्ता, प्रवेशाज्ञालगायत विभिन्न आठ प्रकारका सेवा एकै स्थानबाट उपलब्ध हुने छ। केन्द्रमा ९ वटा इकाई मार्फत विभिन्न १४ वटा निकायको काम हुने भएको हो ।  गत चैत १५ र १६ गते काठमाडाँैमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुसार नै केन्द्र सञ्चालनमा आएको हो। एकल बिन्दु सेवा केन्द्रले औद्योगिक व्यवसाय ऐन, २०७३ तथा अन्य प्रचलित कानून बमोजिम उद्योग वा लगानीकर्ताले पाउने सेवा, छुट, सुविधा, सहुलियत वा प्रोत्साहन सरल एवं सहज प्रक्रियाबाट उपलब्ध गराउने छ ।

त्यस्तै सरकारका विभिन्न निकायबाट सम्पादन गर्ने कार्यहरु समयभित्रै एकै स्थलबाट गर्ने तथा उद्योग स्थापनाको अनुमती, दर्ता, विस्तारदेखि निर्गमन (एक्जिट) सम्मका उद्योग प्रशासनसम्बन्धी सेवा केन्द्रबाट प्रवाह गरिनेछ । केन्द्रमा उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण, प्रवेशाज्ञा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजश्व र प्रशासन तथा कानून एकाइ रहने छन् । केन्द्रमा सहसचिव सरहका एक प्रमुख कार्यकारीसहित ४१ दरबन्दी रहेको छ । 

१०० मेगावाट भन्दा बढीका जलविद्युत आयोजना र ९ अर्ब भन्दा बढीका योजनाको स्वीकृति सिधै केन्द्रबाट गर्न सकिने छ ।  सो भन्दा बढी लगानीको लागि स्वीकृति भने लगानी बोर्डबाट लिनु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved