फेसबुक लाईभमा नयाँ निमय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 11:44:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सञ्जाल फेसबुकले लाइभ स्ट्रिमिङमा कडाई गर्ने भएको छ । गत मार्चमा ५० जनाभन्दा धेरैको ज्यान जानेगरी न्यूजिल्याण्डको क्रिष्टचर्च शहरका मस्जिदमा भएको गोलीकाण्डमा बन्दुकधारीले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेपछि लाइभ स्ट्रिमिङमा कडाइ गर्न फेसबुकमाथि दबाब परेको थियो । 

फेसबुकले यसका लागि लाइभ स्ट्रिमिङमा ‘वमा स्ट्राइक’ नीति अघि सार्ने जनाएको छ । यसले फेसबुकको नियम उल्लङ्घन गर्नेलाई निश्चित समयसम्म फेसबुक चलाउनबाटै रोक्ने छ ।

फेसबुकले आफ्नो साइटमा राखिने खतरनाक सामग्रीको पहिचान र त्यसलाई बन्द गर्न कृत्रिम बौद्धिकता एआईको प्रयोग गर्नेछ । यसअघि फेसबुकले अघिल्लो महिना विश्वभरका दक्षिणपन्थी समूह तथा मानिसहरुको प्रोफाइल बन्द गरिदिएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved