१० महिनामा पाँच लाख सवारी कारबाहीमा, २५ करोड राजश्व संकलन

दिलिप खड्का

दिलिप खड्का

May 19, 2019 | 03:33:26 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा मात्रै सवारी नियम उल्लंघन गर्ने ५ लाख २ हजार ४ सय ६६ जना कारबाहीमा परेका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ०७५/०७६ को बैशाख मसान्तसम्म विभिन्न कसुरमा कारबाही गरिएकाहरुको संख्या सार्वजनिक गरेको हो ।

महाशाखाले मादक पदार्थ सेवन गरि सवारि चलाउने २६ हजार ५ सय ९८ जनालाई कारबाही गरेको छ । मापसे गरेर सवारि चलाउने पुरुषको संख्या २६ हजार ४ सय ९  र महिलाको संख्या १ सय ९ जना रहेको छ । 

लेन अनुशासन उल्लंघनमा कारबाहीमा पर्ने सवारी चालकको संख्या ३३ हजार ३ सय ७७ छ । यीमध्ये ३२ हजार २७ जना पुरुष र १३ हजार ५ सय ९ जना महिला छन् । 

महाशाखाले २०७४ वैशाख १ गतेदेखि उपत्यकालाई हर्न निशेधित क्षेत्र घोषणा गरेको थियो । यो अवधिमा हर्न बजाउने १२ हजार २ सय ७१ सवारीलाई कारबाही गरिएको छ । जथाभावि पार्किङ गर्ने सवारी साधनलाई २०७५ मंसिर ८ गतेबाट महाशाखाले व्हिल लक कारबाहि सुरु गरेको थियो । यसरी कारबाही भोग्नेमा २ हजार ८ सय ७६ सवारी रहेका छन् । 

मिटरमा नजाने १० हजार ७ सय ८७ ट्याक्सी पनि कारबाहीमा परेका छन् । महाशाखाले यात्रुहरु ठगिएको वा ट्याक्सीले मिटरमा हिड्न नमानेको पहिचान गर्न दैनिक ४० जना प्रहरीलाई सिभिल ड्रेसमा खटाएको छ । 

महाशाखाले लेनको नमान्ने लगाएतका कसुर गर्ने सवारि साधनलाइ सिसिटिभि क्यामरा र सर्भिलेन्स भेहिकलको  माध्यमबाट पनि कारबाही गर्दै आएको छ । सिसिटिभिमा हेरेर नियम उल्लंघन गर्ने ५ हजार ६० सवारीलाइ कारबाहि गरिएको छ भने सर्भिलेन्स भेहिकल कारवाहिमा ९ सय ९५ सवारी कारबाहीमा परेका छन् । 

बैशाख मसान्तसम्ममा २८ वटा सवारि चालक अनुमतिपत्र मापसे कारबाहीमा अन्तर्गत निलम्बनमा परेका छन । मापसे गरी सवारी चलाउने १७ हजार ९ सय ५२ वटा सवारी चालक अनुमतिपत्रमा प्वाल पारिएको छ । महाशाखाले १३ जना सवारी चालक अनुमतिपत्रको परीक्षा दिने नक्कली परिक्षार्थीलाई पनि कारबाही गरेको छ ।

यसबाहेक विभिन्न नियम उल्लंगन गर्ने ३ लाख ८४ हजार २ सय ६ जनालाई कारबाही गरिएको महाशाले जनाएको छ । महाशाखाले सवारी साधन कारबाही मार्फत २५ करोड ३७ लाख ११ हजार राजश्व संकलन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved