अर्थतन्त्रमा मडारियो कालो बादल, आयात क्षमता बर्ष कै न्यून

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 06:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

देशको विदेशी विनीमय संचिति निरन्तर रुपमा घटेको छ । मुलुकमा भित्रिने बैदेशिक मुद्राको तुलनामा बाहिरिने मुद्रा बढी हुँदा संचित घटेको हो  ।  चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा चालु खाता घाटा विस्तार भई २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । त्यस्तै शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले  घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता घाटा १ खर्ब ७२ अर्ब ६७ करोड रहेको थियो भने शोधनान्तर स्थिति १४ अर्ब ६० करोड रुपैयाँले घाटामा रहेको थियो । 

मुलुकमा रेमिट्यान्स लगायतको माध्यबाट भित्रिने भन्दा ब्यापार घाटाको कारणले बाहिरिने विदेशि मुद्रा बढी हुँदा कुल विदेशी विनिमय सञ्चिति घटेर १० खर्ब ५० अर्ब ८५ करोड कायम भएको छ । आर्थिक वर्षको सुरुमा यस्तो सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा थियो । 

यस्तै समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड रहेकोे छ ।  गत आर्थिक वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब १५ करोड रहेको थियो । बैंदेशिक लगानी सहित समृद मुलुकको नारा लगाइरहेको सरारलाई प्रत्यक्ष वैदेशिक लगानीले पनि साथ दिएको देखिदैन । गत आर्थिक वर्षको चैत्रमा १४ अर्ब ४१ करोड रहेको प्रत्यक्ष वैदेशिक चालु आर्थिक वर्षमा घटेर  ७ अर्ब १० करोडमा सिमित भएको छ ।  चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा 

बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । जबकी आर्थिक वर्षको सरुमा नेपालसँग रहेको विदेशि विनिमय संचितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था थियो । 

अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको ३९.३ प्रतिशतले घट्दा पनि रेमिट्यान्स भने २०.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ५३ अर्ब १९ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेट्यिान्स ५.६ प्रतिशतले बढेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved