पाँचथर हत्या प्रकरणः तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 12:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

पाचँथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या प्रकरणको अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ । घटनाबारे जानकारी पाउनासाथ संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली अनुसन्धानमा खटिएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार अनुसार सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि पाँचथर पुग्दैछ । प्रहरीेले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाउँदै संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ । 

मंगलबार बिहान ज्वाइँ ससुराको परिवारका ९ जनाको शव भेटिएको थियो । करिब दुई किलोमिटर वरपर घर रहेका ज्वाइँ धानराज शेर्माको घरमा ५ जना र ससुरा वमबहादुर फियाकको घरमा ४ जनाको हत्या भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved