प्रहरीको गोली लागेर विप्लव कार्यकर्ताको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 10:16:01 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीको गोली लागेर  नेत्रविक्रम चन्द (विप्लव) समुहका एक कार्यकर्ताको मृत्यु भएको छ । भोजपुरमा मंगलबार दिउँसो प्रहरीसँगको मुठभेडमा घाइते भएका  कार्यकर्ताको मंगलबार राति उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका तीर्थराज घिमिरे रहेका छन् ।

घाइते घिमिरेको उपचारका क्रममा बुधबार बिहान करिब साढे ३ बजेतिर धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । अस्पताल ल्याउन ढिलो गरेको कारणले घिमिरेको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी र  विप्लव समूहका कार्यकर्ताबीच मुठभेट भएको थियो । मंगलबारको मुठभेडमा घिमिरेको खुट्टामा गोली लागेको थीयो । घिमिरलाई मंगलबारनै उपचारका लागि धरान लगिएको  थियो।

विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved