प्रचण्डको घर जाने बाटोमा पनि बम फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 06:55:34 AM मा प्रकाशित

laxmi  sunrise bank

 विप्लव नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा देशका विभिन्न स्थानमा बम फेला परेका छन् भने केहि स्थानमा विस्फोट भएका छन् ।

यसै क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर जाने बाटोमा पनि बम फेला परेको छ। ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको हो। यहि बाटो हुदै प्रचण्डको निवास खुमलटार पुगिन्छ । बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । उक्त बम नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।

त्यस्तै ललितपुरकै भैंसीपाटी, हात्तीवन र खुमलटारमा पनि बम भेटिएको छ । भैंसीपाटीको बम सेनाको डिस्पोजल टोली डिस्पोज गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved