बजेट बुधबार अपरान्ह ४ बजे पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 11:44:24 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई बजेट पेश हुने मिति र समयबारे जनकारी गराएका छन। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख महराले आर्थिक बर्ष २०७६/७७ को बजेट जेठ १५ गते बुधबार अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने बताएका हुन् ।

त्यस्तै सभामुख महराले  सांसदहरुलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत आग्रह गरेका छन् । 

बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्ने भएका हुन। यो डा खतिवडाको दोस्रो बजेट हुने छ । संविधानको धारा ११९ मा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्नु पर्ने ब्यबस्था छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved