एनसेल काण्डका अभियुक्तले छाेडे विप्लव माओवादीको साथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 12:38:59 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल काण्डका अभियुक्त तथा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर अधिकारीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका छन् । नेकपाका रौतहट जिल्‍ला इञ्चार्ज अधिकारिले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा आत्मसमर्पण गरेका हुन् ।

ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले नै विप्लव समूह परित्याग गरेका छन् । उनीहरुले आफू सामान्य नागरिक भएर जिउने बताएका छन् । आइतबार आफैं आएर आत्मसमर्पण गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । अधिकारीसँगै देवराज घिमिरे र सन्दीप कार्कीले पनि आत्मसर्पण गरेका छन् ।

उनी गत शुक्रबार मात्र संगठित अपराध मुद्दामा धरौटीमा छुटेका थिए । ललितपुर जिल्ला अदालतको आदेशमा उनी धरौटीमा रिहा भएका थिए । धरौटीमा छुटेलगत्तै अर्को मुद्दामा उनले आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले चैत ९ गते काभ्रेपलाञ्चोकमा घेरा हालेर नेता हेमन्तप्रकाश ओलीसहित आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्येका एक अधिकारी थिए । अधिकारी बहालवाला खानेपानी मन्त्री बिना मगरका पूर्वपति हुन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved