सरकारको नेतृत्व नफेरिए पार्टी एकता भङ्ग हुन्छः गौतम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 09:54:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन नभए पार्टी एकता भङ्ग हुने बताएका छन् । उनले आलोपालो सत्ताको नेतृत्व गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने चेतावनी दिएका हुन् । 

प्यूठानमा पत्रकारसँग कुरा गर्दै उनले ‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिन्छ, त्यसैले पार्टी एकता गर्दा जे सहमति भएको हो, त्यो उल्लंघन हुँदैन ।’ पुर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले सहमति नतोडिने दाबी पनि गरे । 

एक टेलिभिजन कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले दुई अध्यक्षले आलोपालो सरकार चलाउनु पर्ने अथवा केपी ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा सार्वजनिक गरेपछि नेकपाभित्र बहस सुरु भएको छ । शीर्ष नेताबाट आधिकारिक धारणा नआएपनि गौतमले प्रचण्डको समर्थन गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved