विदेशमा रहेका नेपालीको सिप प्रयोग गर्न ‘ब्रेन गेन सेन्टर’को स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 02:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  ‘ब्रेन गेन सेन्टर’ स्थापना गरेको छ । विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा प्रयोग गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयमा यो सेन्टर स्थापना गरिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सेन्टरको उद्घाटन गरे ।

मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा गैरआवासीय नेपाली मामिला महाशाखा अन्तर्गतको केन्द्रले विदेशस्थित नेपाली विज्ञहरूबारे सूचना सङ्कलन गरी उनीहरूसँग सहकार्य गर्ने योजना बनाउनेछ । मन्त्री ज्ञवालीले यसअघि नै विदेशमा रहेका नेपाली विशेषज्ञलाई केन्द्रको सूचना प्रणालीमा दर्ता हुन आह्वान गरेका थिए । 

यस अनुसार ४५० भन्दा बढी नेपाली विज्ञहरु केन्द्रमा आबद्ध भइसकेका छन् । केन्द्रको सञ्चालनमा गैरआवासीय नेपाली सङ्घलगायतका संस्थासँग समन्वय गरिने मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved