प्रचण्डको 'आलोपालो सरकार' बारे दिल्लीबाटै दिए ओलीले जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 08:26:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार चलाउने विषय उठान गरेपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले दिल्लीबाटै  त्यसको जवाफ दिएका छन। बिहीबार नरेन्द्र मोदीको शपथ ग्रहणमा पुगेका प्रधानमन्त्री ओलीले आलोपालो सरकार चलाउने सहमति पुरानै भएको प्रष्ट पारेका छन् ।

भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको सपथग्रहणका क्रममा दिल्ली पुगेका प्रधानमन्त्री ओलीले शुक्रबार यो सहमति नयाँ नभएको र पहिले नै सार्वजनिक भएको बताए। 

नेकपाका अध्यक्ष प्रचण्डले एक टेलभिजिनसँगको अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा भएको आलोपालो सरकार चलाउने सहमतकिो प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए। साथै प्रधानमन्त्री अेालीले प्रचण्डले केही वर्षपि आफु नै प्रधानमन्त्री बन्ने बताएकाे विषयमा ठट्टा गर्दै केही वर्ष हैन ४/५ दिन मात्रै बाँकी रहेकाे बताए। नेकपा अध्यक्ष प्रचण्डले पार्टीको र सरकारको नेतृत्त्वमा अलग अलग व्यक्ति हुनुपर्ने बताएका थिए। आफु प्रधानमन्त्री हुनै पर्छ भन्ने नरहेको बताएका प्रचण्डले आफु पार्टी अध्यक्ष हुन चाहेको आशय व्यक्त गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved